Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको नाममा उचालिएको बजार किन घटिरहेको छ ? के भन्छन् लगानीकर्ता ?

अर्थ संसार

आइतबार, १३ असोज २०८१, १६ : ०३ मा प्रकाशित

अर्थमन्त्रीको नाममा उचालिएको बजार किन घटिरहेको छ ? के भन्छन् लगानीकर्ता ?

पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । सरकार फेरिएपछी निरन्तर बढेर लगानीकर्तालाई हर्षित बनाएको सेयर बजारले पछिल्लो समय भने लगानीकर्तालाई निरुत्साहित बनाइरहेको छ । यस्तो अवस्थामा अब सेयर बजार कहिले बढ्ला ? यो जो कोहि लगानीकर्ताको चासोको विषय बनेको छ ।

असार १७ गते दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको सम्झौतापछि चौथो पटक अर्थमन्त्री बनेका बिष्णु पौडेलको नियुक्तिसँगै सेयर बजार एकाएक उकालो लाग्यो । पौडेलको आगमनलाई सेयर बजारले स्वागत नै गरेको थियो ।

बजार निरन्तर उकालो लागेपछी अब बजारले बुलिस यात्रा तय गर्छ कि भन्ने आशा लगानीकर्तामा थियो । अर्थमन्त्री पौडेलले पनी पदभार ग्रहणका क्रममा सेयर बजारमा अर्थतन्त्रको ऐना भएको र सेयर बजारलाई सुधार गर्ने बताएका थिए । पौडेल अर्थमन्त्री नियुक्त हुने हल्लासँगै बढेको बजार गत साउन ३१ मा निरन्तर बढेर ३ हजार अंकको बिन्दुसम्म पुग्यो । सेयर बजार बढ्न थालेपछि नेप्सेमा कारोबार रकम पनी निकै नै बढेको थियो । साउनको पहिलो साता दैनिक २ देखि ३ अर्ब रुपैयाँमा सीमित रहेको कारोबार रकम साउन ३१ गते बढेर २९ अर्ब ९५ करोड पुगेको थियो ।

त्यसयता भने सेयर बजारसँगै कारोबार रकम पनी निरन्तर घटीरहेको छ । यतिबेला नेप्से परिसुचक २४ सय अंक वरीपरी छ भने बजारको कारोबार रकम ४/५ अर्ब रुपैयाँ वरीपरी आएको छ ।

के भन्छन् लगानीकर्ता ?

अर्थसंसारसँग कुराकानी गर्दै बजारका एक लगानीकर्ताले भने नयाँ सरकार र सरकारसँगै राष्ट्र बैंकले निकाले मौद्रिक निति सकारात्मक बनिदिँदा बजार बढेको बताएका छन् । उनका अनुसार लगानीकर्ताको घटेको मनोबल बढाउन सरकारले कुनै प्रयास नगर्दा बजारमा यस्तो स्थिती सिर्जना भएको हो । उनले भने,‘सरकारले राम्रो निति र नियमनको व्यवस्था गर्छ भने लगानीकर्ताको मनोबल बढ्छ र बजार लागी सकारात्मक वातावरण बन्छ । बाँकी त सरकारले कहिले काम गर्छ भन्ने कुरा हो ।’

त्यस्तै अर्का लगानीकर्ता बिष्णु सुवेदीले चाँडबाँडको सिजन भएकाले बजारमा करेक्सन देखिएको दशैंपछी बजार बढ्ने बताएका छन् । उनले भनेका छन्, ‘चाँडबाँडको सिजन छ । बजार दशैंपछी बढ्ने नै देखिन्छ ।’

बजार चाँडबाँड नजीक भएरै घटेको हो ? भन्ने प्रश्नमा उनले भने , ‘अहिले घटेको चाँही चाँडबाँडले नै हो । तर, छोटो समयमा धेरै बढ्या भएर पनी बजारमा करेक्सन त आउनु नै थियो । अर्थमन्त्रीको नाममा बजार बढ्या थियो २७ सयसम्म बजार बढ्नु स्वाभाविक थियो । बाँकी ३ सय अंक चाँही सेलीब्रेसनमा बढायौं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको