Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका ग्राहकलाई कलेज अफ मेडिकल साइन्समा २०% प्रतिशतसम्म छुट

अर्थ संसार

आइतबार, १३ असोज २०८१, १७ : ५६ मा प्रकाशित

प्रभु बैंकका ग्राहकलाई  कलेज अफ मेडिकल साइन्समा २०% प्रतिशतसम्म छुट

प्रभु बैंकका ग्राहकलाई चितवनको भरतपुर महानगरपालिका-१० स्थित कलेज अफ मेडिकल साइन्सले आफ्ना सेवाहरुमा छुट दिने भएको छ । असोज १३ गते भएको सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्स (सीओएमएस)बाट प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएवापत विशेष छुट पाउने भएका छन् ।

सीओएमएसमा उपचार गर्दा औषधि, सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत बैंकका ग्राहकलाई २०% सम्मको छुट हुनेछ । यसका लागि बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीबाट बिल भुक्तानी गर्नुपर्नेछ ।

सम्झौतामा प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र सीओएमएसको तर्फबाट एडिसनल डाइरेक्टर डा. मनोहर प्रधानले संयुक्‍त रुपमा हस्ताक्षर गरेका थिए ।

तर यो सुविधा प्राप्त गर्न प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको