Like us!
Follow us!
Connect us!
Watch us!

देशभर मनसुनी वायुको प्रभावः थाहा पाउनुहोस् २४ घन्टाको मौसम

अर्थ संसार

सोमबार, १४ असोज २०८१, ०७ : ०३ मा प्रकाशित

देशभर मनसुनी वायुको प्रभावः थाहा पाउनुहोस् २४ घन्टाको मौसम

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा छ।

 मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी र गण्डकी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ।

मंगलबार भने कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

बुधबार कोशी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा वर्षाको आकलन गरिएको छ। राति कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको