Like us!
Follow us!
Connect us!
Watch us!

थाहा पाउनुहोस् आजको मौसम, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, ०७ : ०१ मा प्रकाशित

थाहा पाउनुहोस् आजको मौसम, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा छ। 

दिउँसो कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना आकलन गरिएको छ।

बुधबार पनि कोशी प्रदेश र बाग्मती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। कोशी प्रदेश र बाग्मती प्रदेशका एक- दुई  स्थानमा भारी वर्षाको पनि चेतावनी दिइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको