Like us!
Follow us!
Connect us!
Watch us!

भित्रियो अर्काे मौसमी प्रणाली, आज र भोली यी क्षेत्रमा वर्षा हुने

अर्थ संसार

बुधबार, १६ असोज २०८१, ०७ : २७ मा प्रकाशित

भित्रियो अर्काे मौसमी प्रणाली, आज र भोली यी क्षेत्रमा वर्षा हुने

बाढीपहिरोले क्षति गरेको एक साता नपुग्दै फेरि अर्काे मौसमी प्रणाली भित्रिएको छ। भारतको उत्तर–पूर्व आसाम र आसपास क्षेत्रमा बनेको न्यूनचापीय प्रणाली पूर्वी नेपाल हुँदै प्रवेश गरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र बाग्मती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका एक-दुई स्थानमा पनि वर्षा हुनेछ। कोशी र बाग्मतीका एक दुई स्थानमा भारी वर्षाको पनि संभावना छ।

राति कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। कोशीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार कोशी प्रदेश र बाग्मतीका केही स्थान तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ।  कोशी प्रदेशका एक-दुई  स्थानमा भारी बर्षाको पनि संभावना  छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको