Like us!
Follow us!
Connect us!
Watch us!

२४ घन्टाको मौसम, यी क्षेत्रमा वर्षा हुने

अर्थ संसार

शुक्रबार, १८ असोज २०८१, ०७ : २४ मा प्रकाशित

२४ घन्टाको मौसम, यी क्षेत्रमा वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। अहिले कोशी र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको पनि चेतावनी दिइएको छ।

राति कोशी, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा हुने देखिन्छ। शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्र्वी र मध्य भागमा दक्षिण(पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको