Like us!
Follow us!
Connect us!
Watch us!

विपदमा परेका १७ हजार १२० नागरिकको सकुसल उद्धार : गृह मन्त्रालय

अर्थ संसार

शुक्रबार, १८ असोज २०८१, ०८ : ५३ मा प्रकाशित

विपदमा परेका १७ हजार १२० नागरिकको सकुसल उद्धार : गृह मन्त्रालय

सरकारले मुलुकभरमा बाढीपहिरो र डुवान लगायत प्राकृतिक विपदमा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकबाट १७ हजार भन्दा बढीको उद्दार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए।

उनले विपदमा परी बेपत्ता परेका २२ जनाको खोजीकार्य जारी रहेको जानकारी दिँदै विपद्का घटनामा पुरी मुलुकभर घाइते भएका १६९ जनाको विभिन्न अस्पतालमा निःशुल्क उपचारको प्रवन्ध गरिएको बताए। घाइतेमध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर घर फर्किसकेका छन्।  विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीले घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत समेत वितरण गरिएको छ।

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकाबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बाग्मती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको