Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डले दियो सिद्धार्थ बैंकलाई हकप्रद निष्काशन गर्ने अनुमति

मंगलबार, ०४ पुस २०७४, १२ : ४५ मा प्रकाशित

बोर्डले दियो सिद्धार्थ बैंकलाई हकप्रद निष्काशन गर्ने अनुमति

अर्थ संसार, काठमाडा–नेपाल धितोपत्र बोर्डले मंगलबार सिद्धार्थ बैंकलाई हकप्रद निष्कासनका लागि अनुमति प्रदान गरेको छ । बैंकलाई चुक्तापूँजीको १० प्रतिशत हकप्रद बिक्रीका लागि बोर्डलेस्वीकृत गरेको हो ।

बैंकले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६८ करोड २६ लाख ११ हजार ७१९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँ चुक्तापूँजी रहेको बैंकको हकप्रद बिक्रीपश्चात पूँजी ७ अर्ब ५० करोड ८७ लाख रुपैयाँ नाघ्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको