Like us!
Follow us!
Connect us!
Watch us!

मनसुन र न्यून चापीय प्रणालीको प्रभाव कायमै, कहाँ कहाँ छ वर्षाको सम्भावना ?

अर्थ संसार

आइतबार, २० असोज २०८१, ०७ : ०० मा प्रकाशित

मनसुन र न्यून चापीय प्रणालीको प्रभाव कायमै, कहाँ कहाँ छ वर्षाको सम्भावना ?

देशभर मनसुनी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै छ। जसकारण बिहान लुम्बिनी र गण्डकीसहित देशका पहाडी भूभागमा आंशिक बदली छ।

लुम्बिनी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

राति कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

सोमबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको आकलन गरिएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको