Like us!
Follow us!
Connect us!
Watch us!

चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

अर्थ संसार

आइतबार, २० असोज २०८१, २२ : ५९ मा प्रकाशित

चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको शुभारम्भ गरिएको हो । 

एजुकेशन हब शुभारम्भ भएसँगै शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको छ । 

यो केन्द्रले कर्जा प्रक्रियालाई प्रभावकारी बनाउन र विद्यार्थीहरूको शिक्षा सम्बन्धी वित्तीय आवश्यकतामा सहयोग पुर्याउने विश्वास गरिएको छ। सीमित वित्तीय स्रोतका कारण उच्च शिक्षा प्राप्त गर्न कठिनाइमा परिरहेका अभिभावकहरूलाई सहज र छिटो शैक्षिक कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि शैक्षिक केन्द्रले कर्जा प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

शैक्षिक कर्जा सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको चितवन प्रदेश कार्यालयको शैक्षिक केन्द्र वा चितवन प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरूमा सम्पर्क गर्न सक्नेछन्। कर्जा स्वीकृत गर्ने प्रक्रिया ५ दिनभित्र पूरा हुने व्यवस्था गरिएको छ। शैक्षिक केन्द्रको उद्घाटन “इक्यान चितवनका अध्यक्ष दीपकचन्द्र भट्टराई र डिल्लीराम अधिकारी (एमडी, एक्सपर्ट कन्सल्टेन्सी, चितवन) ले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको