Like us!
Follow us!
Connect us!
Watch us!

पश्चिमबाट मनसुन बाहिरिए पनि अन्यत्र कायमै, यी क्षेत्रमा वर्षाको सम्भावना

अर्थ संसार

सोमबार, २१ असोज २०८१, ०७ : ०३ मा प्रकाशित

पश्चिमबाट मनसुन बाहिरिए पनि अन्यत्र कायमै, यी क्षेत्रमा वर्षाको सम्भावना

पश्चिम नेपालबाट मनसुन बाहिरिए पनि अन्यत्र कायमै रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ।

कर्णाली र सुदूरपश्चिममा भने पश्चिमी वायुको प्रभाव छ। पूर्वी र मध्य भागमा  भारतको पश्चिम बंगालको उत्तर भूभाग तथा  आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ।

राति कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा वर्षा हुने देखिन्छ।

मंगलबार कोशी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

बुधबार कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा बदली हुने देखिन्छ। कोशी, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको