Like us!
Follow us!
Connect us!
Watch us!

हल्लाको पछि नलाग्न सचेत गरायो नेप्सेले लगानीकर्तालाई

सोमबार, १३ मंसिर २०७३, १४ : ४५ मा प्रकाशित

हल्लाको पछि नलाग्न सचेत गरायो नेप्सेले लगानीकर्तालाई

अर्थ संसार
काठमाडौं–नेप्सेमा निरंतर पहिरो जाँदा नियामक निकाय मौन रहेका बेला कारोबार गर्ने निकाय नेपाल स्टक एक्सचेञ्ज नेप्सेले भने लगानीकर्ताहरुलाई ढाडस दिएको छ । नेप्सेले समग्र अर्थतन्त्र र तरलताको अवस्था सन्तोषजनक रहेक बेला लगानीकर्तालाई आत्तिनु पर्ने अबस्था नभएको बताएको हो । उसले हल्ला र प्रचारबाजीको पछि नलाग्न लगानीकर्तालाई सचेत गराएको छ । 

सेयर बजारको  घट्दो प्रबृत्तिबाट हतोत्साहित नहुन आब्हान गर्दै नेप्सेले आईतबार प्रेस विज्ञप्ति जारी गरेको विज्ञप्तिमा बजार सुधारका कामहरु भइरहेकाले मनोबल उच्च पार्न भनिएको छ । नेप्सले आइतबार ६५ अंकको पहिरो गएपछि विज्ञप्ति निकालेर मनोवल उच्च पार्न आग्रह गरेको हो । नेप्सेको आग्रहलाई लगानीकर्ताले पत्याएको देखिएन । उसको विज्ञप्तिपछि सोमबार बजार उच्च दरमा घटेपछि दुई पटक सर्किट ब्रेकर लगाइएको छ । 

नेप्सेले लगानीकर्तालाई मुलुकको समग्र आर्थिक तथा वित्तीय स्थिति, त्यसले पार्नै प्रभावको विश्लेषण, सम्बद्ध कम्पनीको अद्यावधिक वित्तीय स्थिति, व्यवस्थापन पक्ष, सम्भाब्य जोखिम तथा प्रतिफल , लाभांस बजार मूल्यको अनुपातलगायतका बिषय ध्यान दिएर लगानीगर्न सुझाव दिएको छ । 

उसले क्लियरिङ बैंक थप्ने, धितोपत्र दलालको कार्यक्षेत्र विस्तार गर्ने, पुँजीबजार सुधारका लागि विनियमावली तथा कार्यविधिको तर्जुमा गर्ने, संस्थागत लगानीकर्ताको उपस्थिति बढाउने, अनलाइन टे«डिङको स्थापना गर्नेलगायतका काम भइरहेकाले बजारमा सुधार आउने अपेक्षा गरेको छ ।

583bf32fc51f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको