Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले बढायो डिजिटल वालेटमा गर्ने कारोबारको सीमा, दैनिक कति पटकसम्म गर्न पाइन्छ कारोबार ?

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, ११ : ५५ मा प्रकाशित

राष्ट्र बैंकले बढायो डिजिटल वालेटमा गर्ने कारोबारको सीमा, दैनिक कति पटकसम्म गर्न पाइन्छ कारोबार ?

नेपाल राष्ट्र बैंकले वालेट सेवामार्फत गर्न सकिने दैनिक भुक्तानी संख्याको सीमा बढाएको छ । 

दशैंतिहार तथा छठको समयमा दक्षिणाको रुपमा प्रदान गरिने भौतिक मुद्रालाई डिजिटलमा कन्भर्ट गर्न र कारोबारमा थप सहजता प्रदान गर्न केन्द्रीय बैंकले यस्तो वालेट सेवाको दैनिक सीमा बढाएको हो ।

यी ठुला चाडपर्वका अवसरमा अब प्राकृतिक व्यक्तिले एक दिनमा बढीमा ३० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्नेछन्। यसअघि  एकदिनमा १० पटकसम्म वालेटमा रकम जम्मा गर्न पाउने व्यवस्था रहेको छ।

केन्द्रीय बैंकद्वारा जारी परिपत्रमा उल्लेख भएअनुसार दसैंमा असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म, दीपावली (तिहार) तथा छठका अवसरमा कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्म यो सुविधा प्रदान गरिएको उल्लेख छ। राष्ट्र बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त संस्थाहरूलाई सोहीअनुसार गर्न गराउन परिपत्रमा निर्देशन दिइएको छ।

 

6704ccdfcdc6b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको