Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले बढायो सुनचाँदी असर्फीको मूल्य

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, १२ : ४१ मा प्रकाशित

राष्ट्र बैंकले बढायो सुनचाँदी असर्फीको मूल्य

नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य बढाएको छ ।

सुनचाँदी तथा अन्य धातु खरिद टकमरी र बिक्री सम्बन्धी कार्यविधि, २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्र बैंकको टक्सार महाशाखाले एउटा सिक्काको (३१.१ ग्रामको) ५५० रुपैयाँसम्मले मूल्य बढाएको हो । 

राष्ट्र बैंकका अनुसार यसअघि राज्यारोहण १ ओजेड (३१.१०३ ग्राम) सिक्काको ७ हजार ३ सय रुपैयाँ रहेकोमा उक्त सिक्काको मूल्य ५ सय ५० रुपैयाँले नै वृद्धि गर्दै ७ हजार ९५० रुपैयाँ पुर्‍याइएको छ ।

यस्तै, ३१.१ ग्राम तौल रहेको श्री ५ ज्ञानेन्द्र राज्यारोहण छाप सिक्काको ७ हजार २ सय रुपैयाँ पर्नेमा बैंकले उक्त सिक्काको मूल्य ७ हजार ८ सय ५० रुपैयाँ निर्धारण भएकाे छ ।

 

6704d814bdc72.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको