आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)२७.३९ अंकले घटेर २६६३.३२ को बिन्दुमा बन्द भएको छ ।आज ३ सय कम्पनीको १ करोड ३ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै गुमाउनेमा भने स्टर्न हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.५० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस