Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, १५ : २३ मा प्रकाशित

बजार घट्दा यी  कम्पनीको भयो उच्च कारोबार

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)२७.३९ अंकले घटेर २६६३.३२ को बिन्दुमा बन्द भएको छ ।आज  ३ सय कम्पनीको १ करोड ३ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको २७ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै,नेपाल फाइनान्सको २३ करोड ९७ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्सको १३ करोड ७६ लाख रुपैयाँ,एनआईसी एसिया बैंकको १२ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।

यसैगरी गुडविल फाइनान्सको १० करोड ५८ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावरको १० करोड ३ लाख रुपैयाँ,साहस ऊर्जाको ८ करोड ५७ लाख रुपैयाँ,चिलिमे हाइड्रोपावरको ७ करोड ८१ लाख रुपैयाँ,माण्डु हाइड्रोपावरको ७ करोड ४५ लाख रुपैयाँ,निफ्राको ७ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको