Like us!
Follow us!
Connect us!
Watch us!

दशैमा राजधानी छोड्नेको संख्या आधाले घट्यो

अर्थ संसार

बुधबार, २३ असोज २०८१, ०७ : ४१ मा प्रकाशित

दशैमा राजधानी छोड्नेको संख्या आधाले घट्यो

यस बर्ष दशैमा राजधानी छाड्नेको संख्या गत वर्षको भन्दा आधाले घटेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दशैका लागि काठमाडौं छाडेका छन् । 

पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिएका छन् ।

गत वर्ष यहि अवधिमा १० लाखभन्दा बढीले राजधानी छाडेका थिए ।

काठमाडौं जोड्ने अधिकांस राजमार्ग अविरल वर्षाका कारण क्षतविक्षत भएपछि यस बर्ष दशैमा राजधानी छोड्नेको संख्या आधाले घटेको हो । अहिले पनि बाढीले सडक बगाएका अरनिको राजमार्ग, वीपी राजमार्ग संचालन हुन सकेका छैनन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको