Like us!
Follow us!
Connect us!
Watch us!

१० रुपैयाँ दरका ३४ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

अर्थ संसार

बुधबार, २३ असोज २०८१, १० : ३९ मा प्रकाशित

१० रुपैयाँ दरका ३४ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

नेपाल राष्ट्र बैंकले १० दरका ३४ करोड थान बैंक नोट छाप्ने भएको छ ।

राष्ट्र बैंकले नोट छपाई, ढुवानी तथा व्यवस्थापन सम्बन्धी अन्तराष्ट्रिय बोलकबोल भएकोमा चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, चाइना छनोट भएको केन्द्रीय बैंकले जनाएको हो ।  

राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि १० दरका ३४० मिलियन अर्थात् ३४ करोड थान नोट छाप्न लागेको छ । ३ अर्ब ४० करोड रुपैयाँ बराबरको नोट छाप्न ९५ करोड ३८ लाख रुपैयाँ खर्च हुने भएको छ।

३४ करोड थान नोट छाप्न सबैभन्दा कम रकम ७१ लाख १७ हजार ९३४ अमेरिकी डलर कबोल गरेका कारण चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले ठेक्का पाएको राष्ट्र बैंकले जनाएको छ। यो कम्पनीसँग नोट छपाई सम्बन्धी ठेक्का सम्झौता हुन बाँकी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको