Like us!
Follow us!
Connect us!
Watch us!

एक बोतल पानीको मूल्य १ सय लिएपछि २ लाख रुपैयाँ जरिवाना

अर्थ संसार

बुधबार, २३ असोज २०८१, ११ : ५५ मा प्रकाशित

एक बोतल पानीको मूल्य १ सय लिएपछि २ लाख रुपैयाँ जरिवाना

कम्पनीले तोकेको भन्दा बढी मूल्य लिएको उजुरीपछि कास्की जिल्ला प्रशासन कार्यालयले पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बार (पान नं. ३०४०२६२३०) लाई मंगलबार २ लाख रुपैयाँ जरीवाना गरेको छ ।

कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (८) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजीम उक्त जरीवाना गरिएको प्रशासनले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार उक्त रेष्टुरेन्टले एक बोतल प्रशोधित (मिनरल) पानीलाई एक सय रुपैयाँमा बिक्री गरेको प्रशासनलाई बिलसहित उजुरी परेको थियो । उजुरीपछि छानविन गर्दा बढी मूल्य लिएको पाइएपछि कारवाही स्वरुप जरीवाना र कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्यमा सामाग्री बिक्री नगर्न निर्देशनसमेत दिइएको उनले जनाए ।

कास्की प्रशासनले यसअघि पनि पोखराको चिप्लेढुंगाको मारवाडी सेवा भोजनालयलाई मूल्य अनुसार खाजाको प्याकेटमा कम परिमाण रहेको पाइएपछि २ लाख जरीवानासहित कारवाही गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको