वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियम उल्लंघन गरेको भन्दै दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागले स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा कैफियत फेला परेपछि भक्तपुरको चाँगुनारायण–२ स्थित मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो।
यसैगरी, काठमाडौंस्थित श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२)(क) र दफा ३८ अनुसारको कसुरमा सोही ऐनको दफा ३९ (१)(ख) बमोजिम कारबाही गरिएको विभागको भनाइ छ।
विभागले काठमाडौं र भक्तपुरका विभिन्न १७ वटा उद्योग तथा फर्ममा अनुगमन निरीक्षण गरेको थियो। तीमध्ये १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ। स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको सहभागितामा विभागले निरन्तर रूपमा अनुगमन तथा निरीक्षण कार्य गर्दै आएको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस