Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरका १७ फर्ममा छापा - दुई वटालाई जरिवाना,१५ लाई निर्देशन

अर्थ संसार

मंगलबार, १५ पुस २०८२, १२ : ५८ मा प्रकाशित

ललितपुरका १७ फर्ममा छापा - दुई वटालाई जरिवाना,१५ लाई निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको छ। निरीक्षणका क्रममा कैफियत भेटिएका दुई वटा फर्मलाई नगद जरिवाना गरिएको छ।

विभागका अनुसार शक्ति मार्बल्स ललितपुर एकान्तकुनालाई २० हजार रुपैयाँ जरिवाना गरेको छ। यस्तै, आर के ब्रदर्श ललितपुर हात्तीवनलाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐको दफा ३९ १ ‘क’ अनुसार ती फर्मलाई कारबाही गरिएको हो।

अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। विभागले नियमितजसो बजार अनुगमन गर्दै कालोबजारी नियन्त्रण र स्वच्छता कायम राख्दै आएको छ। स्थानीय प्रशासन, जनप्रतिनिधि समेतको सहकार्यमा बजार अनुगमन तथा निरीक्षण जारी रहने विभागको दाबी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको