Like us!
Follow us!
Connect us!
Watch us!

खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, १२ : ३८ मा प्रकाशित

खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

खसीको भनेर बाख्राको मासु बेच्ने व्यापारीलाई कारवाही गरिएको छ ।

उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको लहान नगरपालिकाले अनुगमन गर्दा बाख्राको मासु बेच्ने व्यापारीलाई पाँच हजार रूपैयाँ जरिवाना गरेको हो । 

सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरेको हो । तिहार नजिकिएसँगै बजार अनुगमनलाई तीब्र बनाउँदै अनुगमनलाई निरन्तरता दिने लहान नगरपालिकाले जनाएको छ । 

यसैगरी, ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खाने तेल गुणस्तरहीन प्रयोग गरेको भन्दै ११ हजार जरिवाना गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको