Like us!
Follow us!
Connect us!
Watch us!

दशैंमा बैंकरले कुन-कुन दिन पाउँछन् बिदा ?

अर्थ संसार

बुधबार, २३ असोज २०८१, १२ : ४३ मा प्रकाशित

दशैंमा बैंकरले कुन-कुन दिन पाउँछन् बिदा ?

राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि  दशैंमा ६ दिन बिदा दिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले असोज महिनामा घटस्थापना सहित दशैंमा ६ दिन बिदाको व्यवस्था गरेको हो । 

असोज २४ अर्थात् भोलिदेखि २८ गतेसम्म बैंकका कर्मचारीले बिदा पाउनेछन्।

यस्तै तिहारमा पनि बैंक कर्मचारीले ६ दिन बिदा पाउने छन् । कात्तिक १५ गतेदेखि १९ गतेसम्म कर्मचारीहरूले बिदा तिहार बिदा पाउनेछन् । १८ गते भाइटिका छ । 

राष्ट्र बैंकले कर्मचारीहरूका लागि छठ पर्वको बिदाको पनि व्यवस्था गरेको छ । कात्तिक २२ गते छठ पर्व २५ गते फाल्गुनन्द जयन्ती र ३० गते गुरु नानक जयन्तीको बिदा छुट्याइएको छ ।

२५ गतेको बिदा  किरात धर्ममा आस्था राख्ने कर्मचारीले मात्रै बिदा पाउनेछन् भने ३० गतेका दिन नेपाली शिख धर्माबलम्बी कर्मचारीहरूको लागि मात्रै बिदा हुने जानकारी राष्ट्र बैंकले गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको