Like us!
Follow us!
Connect us!
Watch us!

दशैँ बिदामा पनि बैंकिङ सेवा दिँदै प्रभु बैंक, कुन शाखा कहिले खुल्ने ?

अर्थ संसार

बुधबार, २३ असोज २०८१, १३ : १५ मा प्रकाशित

दशैँ बिदामा पनि बैंकिङ सेवा दिँदै प्रभु बैंक, कुन शाखा कहिले खुल्ने ?

प्रभु बैंकले ग्राहकको सुविधाका लागि देशका विभिन्न स्थानमा दशैँ काउन्टर सञ्चालन गर्ने भएको छ।

प्रभु बैंकले दशैँ बिदामा पनि बैंकिङ सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै दशैँ बिदामा पनि केही निश्चित शाखा सञ्चालन गर्ने जानकारी दिएको हो । 

ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै निश्चित शाखा कार्यालयहरुमा १० बजेदेखि १ः३० बजेसम्म कारोबार सञ्चालन हुने जानकारी दिएको छ ।

असोज २६ गते शनिबार विजयादशमीको दिन बैंकिङ सेवा समेत बन्द रहने बैंकले जनाएको छ । बैंकले दशैँ बिदामा निक्षेप जम्मा गर्न सकिने, १ लाख सम्म चेक भुक्तानी, रेमिट्यान्स भुक्तानी रकम बढीमा २५ हजार गर्ने भएको छ । बैंकले रेमिट्यान्स भुक्तानी रकम २५ हजार भन्दा बढी रकमका लागि खाता खोली जम्मा गर्न सकिने उल्लेख गरेको छ ।

6706334850244.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको