Like us!
Follow us!
Connect us!
Watch us!

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

अर्थ संसार

विहीबार, २४ असोज २०८१, १८ : २५ मा प्रकाशित

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

अमेरिकाको फ्लोरिडा राज्यको ‘सिएस्टा की’ सहरको तटीय क्षेत्रमा बिहीबार बिहान मिल्टन आँधी आएको छ ।

जसका कारण फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पछिल्लो एक हजार वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ । ३ घण्टामा १६ इन्च पानी परेको छ । जुन हरेक ३ महिनामा हुन्थ्यो ।

मिल्टन फ्लोरिडामा पुग्ने यो वर्षको तेस्रो आँधी हो। यो सिएस्टाको तटमा ठोक्नु भन्दा पहिले एक ५ श्रेणी को तूफान थियो। अहिले यसलाई श्रेणी ३ को आँधी घोषित गरिएको छ। यसको बावजूद यो धेरै खतरनाक छ।

आँधीका कारण फ्लोरिडाका धेरै सहरहरूमा १९३ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । अमेरिकी मिडिया हाउस सीएनएनका अनुसार फ्लोरिडाका करिब १० लाख मानिसका घर बिजुलीविहीन भएको छ।

२० लाख मानिस बाढीको जोखिममा छन् । अवस्था यति बिग्रिएको छ कि कतिपय क्षेत्रमा जनताको सुरक्षाका लागि तैनाथ प्रहरीलाई समेत सुरक्षित स्थानमा फर्कन निर्देशन दिइएको छ ।

आँधीसँगै दर्जनौं टोर्नाडो 

फ्लोरिडाका धेरै सहरमा आपतकाल लगाइएको छ । न्यूयोर्क टाइम्सका अनुसार आँधीसँगै दर्जनौं टोर्नेडो र त्यसबाट भएको क्षतिको जानकारी पनि बाहिर आउन सुरु भएको छ । 

यसै क्रममा न्युर्योक टाइम्सका अनुसार एट्लान्टिक महासागरमा अर्को आँधी ‘लेस्ली’ बनिरहेको छ । तर, अमेरिका पुग्ने सम्भावना भने निकै कम छ । रोयटर्सको रिपोर्ट अनुसार मिल्टन आँधीका कारण अमेरिकालाई ८ लाख करोड डलरको नोक्सानी हुन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको