Like us!
Follow us!
Connect us!
Watch us!

दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिए आठ लाख यात्रु

अर्थ संसार

विहीबार, २४ असोज २०८१, १९ : ४९ मा प्रकाशित

दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिए आठ लाख यात्रु

 घटनास्थापनदेखि आज (फूलपाति) बिहीबारसम्म 8 लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुुसार अहिलेसम्म आठ लाख यात्रु दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिए का छन् भने १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।

महासंघका अध्यक्ष विजय स्वारले यस वर्षको दशैंमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए । 

उनका अनुसार शुक्रबारसम्म दशैंका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्यांक आउन बाँकी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको