Like us!
Follow us!
Connect us!
Watch us!

अब समात्छ त सेयर बजारले ‘बुलिस ट्रेन्ड’ को बाटो ?

अर्थ संसार

आइतबार, २७ असोज २०८१, १२ : ३८ मा प्रकाशित

अब समात्छ त सेयर बजारले ‘बुलिस ट्रेन्ड’ को बाटो ?

सेयर बजारले केही साताअघि गिरावटको सामना गरिरहेको थियो, जसले धेरै लगानीकर्तालाई चिन्तित बनाएको थिए । 

नयाँ सरकार बनेसँगै ३ हजार बिन्दुमाथी पुगेको बजार निरन्तर घटेर २४ सय बिन्दुमा पुगेपछी लगानीकर्तामा बजार अझै घट्ने हो कि भन्ने डर थियो । तर दशैं अघि नै बजारले २६ सय बिन्दु पार गर्यो । गत बुधबार बजार २६६८ बिन्दुमा पुगेर बन्द भएपछी लगानीकर्ताहरूलाई बजारले आगमी दिनहरूमा अझै सुधारको गति लिनेछ भन्नेमा आशावादी बनाएको छ । 

दशैंपछी  बजार बढ्ने नबढ्ने भन्ने बिषयमा भने विभिन्न तर्कहरू रहेको पाइन्छ । अब दशैंपछिको बजारले  बुलिस ट्रेन्डको बाटो समात्छ भन्ने एकतर्फी तर्क छ  भने अर्कोतिर भने बजार कता जान्छ भन्नेमै अन्योल नै देखिन्छ ।

अहिलेको अवस्थामा, सरकार र नेपाल राष्ट्र बैंकले लिएको केही  कदमहरूले बजार सुधारको मार्ग प्रशस्त गरेको देखिन्छ । बैंकको ब्याजदर लगातार ओरालो लागिरहेको छ, जसले सेयर बजारमा थप सहज वातावरण बनाएको छ । यसले गर्दा पनि आगामी दिनमा बजारले अझै उकालो लाग्न सक्ने लगानीकर्ताहरूले विश्वास गरेका छन् ।

तर, अब बजार कस्तो गतिमा जान्छ भनेर यकिन गरेर भन्न भने सकिदैन यसका लागी अब बजार खुल्ने दिने असोज २९ गतेको बजारलाई पर्खिनैपर्ने हुन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको