Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय कारोबार गर्दा सजगता अपनाउन राष्ट्र बैंकको आग्रह

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, १० : ३३ मा प्रकाशित

वित्तीय कारोबार गर्दा सजगता अपनाउन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन आग्रह गरेको छ । वित्तीय चेतनाका निम्ति सन्देश जारी गर्दै राष्ट्र बैंकले अपरिचित स्रोतबाट आएका कुनै पनि सन्देशलाई बेवास्ता गर्न अनुरोध गरेको छ ।

पछिल्लो समयमा अनलाइन बैंकिङको विकाससँगै ठगीका नयाँनयाँ स्वरुपहरु समेत बढिरहेको सन्दर्भमा वित्तीय कारोबार गर्दा सावधानी अपनाउन अत्यावश्यक रहेको राष्ट्र बैंकको भनाई छ ।

‘के तपाइँलाई अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्सअप, भाइबर, म्यासेन्जरजस्ता मोबाइल एप वा ई–मेल, फोन तथा मोबाइलको म्यासेजमा, विभिन्न किसिमका चिठ्ठा परेको, धनसम्पत्ति वा सुन, महँगो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको, छोटो समयमै धेरै फाइदा हुने योजनाहरु जस्तै क्रिप्टोकरेन्सी, फोरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरु उपलब्ध रहेकोजस्ता सन्देशहरु तथा भिडियोहरु प्राप्त भएको छ ?’, सूचनामा भनिएको छ, ‘यदि छ भने सजग हुनुहोला।’

त्यस्ता सन्देश वित्तीय ठगीका लागि पठाइएका सन्देशहरु हुने सक्ने राष्ट्र बैंकको भनाइ छ।

‘यस्ता सन्देशहरुमार्फत वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले तपाईंलाई आकर्षक प्रस्तावहरु दिँदै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट तपाईंलाई आर्थिक हानि र नोक्सानी पुग्न सक्छ । अतः अपरिचित स्रोतबाट आएका यस्ता कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै वुद्धिमानी हुन्छ ।’ राष्ट्र बैंकद्धारा जारी सन्देशमा भनिएको छ ।

670df51f5df84.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको