Like us!
Follow us!
Connect us!
Watch us!

बजारले लियो यु टर्न, एकै दिन घटेर दुई पटक सर्किट ब्रेकर, अन्तिममा उच्च बृद्धि

सोमबार, १३ मंसिर २०७३, १६ : ०६ मा प्रकाशित

बजारले लियो यु टर्न, एकै दिन घटेर दुई पटक सर्किट ब्रेकर, अन्तिममा उच्च बृद्धि

अर्थ संसार

काठमाडौं–नेपालको सेयर बजारमा सोमबार अनौठो दृष्य देखा परेको छ । लगातार पहिरो गएर दुर्इ पटक सर्किट ब्रेकर लागेको सेयर बजारले युटर्न लिएर घटेको जत्तिकै गतिमा बृद्धि भएको छ । 

कारोबार सुरु भएको १ घण्टा भित्रै सेयर बजार ३ प्रतिशतले घटेको थियो । त्यसको अर्को १ घन्टामा फेरि बजार ४ प्रतिशतले घटेर सर्किट ब्रेकर लागेको थियो । घटेर १४०५ अंकको हाराहारीमा आएको बजारले दिउँसो डेड बजेपछि युटर्न लिएको थियो । 

सुरुमा बिक्रीको चाप अधिक भएको बजारमा पछिल्लो समय खरिदकर्ताको चाप परेको थियो । त्यसले गर्दा बजार निरंतर उकालो लागेर १५१० अंकमा पुगेर बन्द भयो । बजार ४०.६८ अंकले बढेको हो । एकै दिन बजारमा यतिधेरै उतार चढाव आएको संभवत पहिलो पटक हो । 

सोमबार उत्पादनबाहेक सबै समुह हरिया भएका छन् । यस दिन बैंकिङ ५०.७९, होटल ७५.७४, विकास बैंक २४.५७, जलविद्युत ४५.७७, फाइनान्स १३.४६, इन्सुरेन्स १३४.९ र अन्य समुह ८.६७ अंकले बढेका छन् । उत्पादन समुह भने १२.१४ अंकले घटेको छ । यस दिन कारोबार रकम पनि बढेर १ अर्ब ९ करोड ५४ लाख पुगेको छ ।    

यस दिन उच्च कारोबार हुने कम्पनीमा एभरेस्ट बैंक नै परेको छ । यस बैंकको निरंतर ठूलो परिमाणमा सेयर कारोबार भइरहेको छ । यस दिन १५ करोड ९१ लाखको सेयर कारोबार भएको छ । यसपछि क्रमशः बैंक अफ काठमाडौं लुम्बिनी, शिखर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंकलगायतको उच्च कारोबार भएको छ । 

प्रुडेन्सियल इन्स्योरेन्स, नेशलन लाइफ इन्स्योरेन्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, आइसिएफसी फाइनान्स, प्रभु इन्स्योरेन्स, सगरमाथा फाइनान्सलगायतका कम्पनीका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । 

बढेको बजारमा पनि गुमाउनेमा जेविल्स फाइनान्स, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, सिर्जना फाइनान्स, बरुण हाइड्रो लगायतका लगानीकर्ता छन् । 

लामो समयदेखि बियरिस ट्रेन्डमा रहेको बजारले सोमबारदेखि उकालो यात्रा तय गर्न लागेको अनुमान गर्न सकिन्छ । बजारमा पर्ख र हेरको अबस्थामा रहेका लगानीकर्ता विस्तारै किन्ने उपयुक्त मौका ठानेर बजारमा प्रवेश गर्न थालेका छन् । केही म्युचुअल फन्डले पनि सेयरको अर्डर गर्न थालेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको