भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीहरूको बैंक खातामा लाभांश पठाएको छ।
कम्पनीको असोज १६ गते सम्पन्न २४औँ वार्षिक साधारण सभाले पारित गरेको लाभांश कम्पनीले सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो।
कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट सेयरधनीहरूलाई १०.७३ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।
उक्त लाभांश सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक बैंक खातामा असोज २१ ग्तेदेखि आईपीएस मार्फत् जम्मा गरेको जनाएको छ । लाभांश जम्मा गर्दा नियमानुसार लाग्ने कर कट्टा गरिएको कम्पनीले जनाएको छ ।
हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न कम्पनीले आग्रह गरेको छ । डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने कम्पनीको सुचनामा उल्लेख छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस