Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मणको बलले पर्ला त तपाईलाई भगवती हाइड्रोपावरको आईपीओ? आज बाँडफाँट हुदैँ

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, ०८ : ५० मा प्रकाशित

लक्ष्मणको बलले पर्ला त तपाईलाई भगवती हाइड्रोपावरको आईपीओ? आज बाँडफाँट हुदैँ

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भदौ १८ गते आज सोमबार बाँडफाँट हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा  बिहान ९ बजे बाँडफाँट हुदैछ ।

भदौ ५ गतेदेखि सर्वसाधारणलाई खुला भएको  भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भाद्र ८ गते बन्द भएको थियो । 

कम्पनीले आफ्नो जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न गरेको थियो। 

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा १३ लाखभन्दा बढी आवेदन परेको थियो। धितोपत्र बाँडफाँट निर्देशिका अनुसार मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत हुने कम्पनीले जनाएको छ। 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको