Like us!
Follow us!
Connect us!
Watch us!

फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि बुद्धमाई अस्पताललाई १ लाख जरिवाना

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, १० : ४७ मा प्रकाशित

फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि  बुद्धमाई अस्पताललाई १ लाख जरिवाना

 काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरबाही गरेका कारण १ लाख रुपैयाँ जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराइएको हो । 

उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ सङ्केतसहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो ।

अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो । पटकपटक दिएको आग्रहलाई अटेरी गरेपछि चौथोपटक गरिएको अनुगमनका क्रममा  १ लाख जरिवाना गराइएको  काठमाडौं महानगरपालिकाले जनाएको छ ।यसभन्दा अघि पनि उक्त अस्पताललाई काठमाडौं महानगरपालिकाले १५ हजार जरिवाना गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको