Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले गर्यो सेवा रेमिटको लाइसेन्स खारेज, लेनदेन बाँकी भए जानकारी गराउन आग्रह

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, १४ : ०३ मा प्रकाशित

राष्ट्र बैंकले गर्यो सेवा रेमिटको लाइसेन्स खारेज, लेनदेन बाँकी भए जानकारी गराउन आग्रह

नेपाल राष्ट्र बैंकले सेवा रेमिटको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै इजाजतपत्र खारेज गरेको जनकारी दिएको  छ।

कम्पनीको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ को विनियम १३ को उप विनियम १० खण्ड ‘ङ’ बमोजिम इजाजतपत्र खारेज हुने देखिएकोले विप्रेषण कारोबार सिलसिलामा उक्त कम्पनीसँग कुनै लेनदेन रकम बाँकी भए ३५ दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउन आग्रह गरेको छ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिटको बैंक जमानत फुकुवा हुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

खारेज हुने विप्रेषण कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खोमसम्मको रकममात्र राष्ट्र बैंकले हिसाब मिलान गरिदिने सूचनामा उल्लेख छ।

 

 

67121a777d6e0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको