Like us!
Follow us!
Connect us!
Watch us!

रविलाई पक्राउ गर्न सीआईबीको टोली रास्वपा कार्यालयमा

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, १८ : १२ मा प्रकाशित

रविलाई पक्राउ गर्न सीआईबीको टोली रास्वपा कार्यालयमा

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पक्राउ गर्न सीआईबीको टोली पार्टीको केन्द्रिय कार्यालयमा प्रवेश गरेको छ ।

काठमाडौं वनस्थलीमा रहेको पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी परिचालन भएका छन् भने पार्टी मुख्यालयको प्रवेशद्वार पनि बन्द गरिएको छ।

जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै लामिछानेलाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ। 

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई पक्राउ गर्न प्रहरी पार्टी कार्यालय पुगेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको