Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछाने पक्राउविरुद्ध पोखरा र काठमाडौंमा विरोध प्रर्दशन गर्दै रास्वपा

अर्थ संसार

शनिबार, ०३ कार्तिक २०८१, ०९ : १६ मा प्रकाशित

रवि लामिछाने पक्राउविरुद्ध पोखरा र काठमाडौंमा विरोध प्रर्दशन गर्दै रास्वपा

सभापति रवि लामिछाने पक्राउविरुद्ध रास्वपाले पोखरा र काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

रास्वपाले शनिबार बिहान ११ बजे पोखराको चिप्लेढुंगा र दिउँसो १ काठमाडौंको माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्ने भएको हो ।

रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट शुक्रबार लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगिएको थियो । जिल्ला अदालत कास्कीले लामीछानेसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको