Like us!
Follow us!
Connect us!
Watch us!

पुष १६ गतेदेखि प्रिमियर इन्स्योरेसन्सको साढे ६ लाख कित्ता एफपिओ बिक्री खुल्ला

विहीबार, ०६ पुस २०७४, ११ : ५३ मा प्रकाशित

पुष १६ गतेदेखि प्रिमियर इन्स्योरेसन्सको साढे ६ लाख कित्ता एफपिओ बिक्री खुल्ला

अर्थ संसार, काठमाडौं– प्रिमियर इन्स्योरेन्स कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशन गर्ने भएको छ ।

यही पुष १६ गतेदेखि  ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो ।संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख चार हजार रुपैयाँ रहेको छ ।  

आवेदन कहिलेसम्म दिने ?

कम्पनीमा लगानी गर्ने इच्छुक लगानीकर्ताले पुस १६ गतेदेखि छिटोमा पुस १९ गते र ढिलोमा माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कति दिने आवेदन ?

इन्स्योरेन्सले एक सय रुपैंया अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७९९ रुपैंयाको दरमा सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको सेयर खरिदमा इच्छुक सर्वसाधारणले न्युनतम १० कित्ता अर्थात ७ हजार ९सय ९० रुपैयाँ देखि अधिकतम ३२९० कित्ता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् ।

कहाँबाट आवेदन दिने ?

एफपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, प्रिमियर इन्स्योरेन्स कम्पनी नारायाणचौर नक्साल काठमाडौं र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय सस्थाबाट र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको