Like us!
Follow us!
Connect us!
Watch us!

झडप र हुलदङ्गा हुन सक्ने भन्दै पोखरामा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, १२ : ०२ मा प्रकाशित

झडप र हुलदङ्गा हुन सक्ने भन्दै पोखरामा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

रास्वपा सभापति रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ ।

 प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ११: ४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ।

रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लागेपछि रास्वपाका नेता कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन सुरु गरिरहेका छन् भने सहकारी पीडितहरूले पनि पोखरामा प्रदर्शन गर्न सुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको