Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेको सरकारले कांग्रेस र एमालेका नेताहरूलाई जोगाउने र प्रतिद्वन्द्वीलाई हान्ने काम गरिरहेको छ:प्रचण्ड

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, १३ : ३० मा प्रकाशित

अहिलेको सरकारले कांग्रेस र एमालेका नेताहरूलाई जोगाउने र प्रतिद्वन्द्वीलाई हान्ने काम गरिरहेको छ:प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको सरकारले कांग्रेस र एमालेका नेताहरूलाई जोगाउने र प्रतिद्वन्द्वीलाई हान्ने काम गरिरहेको बताएका छन् ।

पार्टीको जनप्रदर्शन र खबरदारी सभाको तयारीका क्रममा पेरिसडाँडामा आयोजित बैठकमा सम्बोधन गर्दै उनले सरकार आफ्ना मानिसहरूलाई जोगाउन र राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्षित गरेर आक्रमण गरिरहेको बताएका हुन् ।

उनले भने, 'हामीले माओवादी, कांग्रेस, एमाले सबैलाई कानुनको दायरामा ल्याएका थियौं। तर अहिलेको सरकारले कांग्रेस र एमालेका नेताहरूलाई जोगाउने र प्रतिद्वन्द्वीलाई हान्ने काम गरिरहेको छ।'

उनले सरकारलाई सुशासन, भ्रष्टाचार नियन्त्रण र बाढीपहिरो पीडितहरूको राहतमा असफल भएको आरोप लगाए। प्रचण्डले भने 'सरकारले बक्यौता महसुल उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई दोषी ठहराएको छ। भ्रष्टाचारमा लिप्तहरूलाई जोगाउन प्रयास गरिरहेको छ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको