Like us!
Follow us!
Connect us!
Watch us!

लघु बीमाको नयाँ लाइसेन्स वितरण हुँदैन:अध्यक्ष सिलवाल

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, १६ : ०८ मा प्रकाशित

लघु बीमाको नयाँ लाइसेन्स वितरण हुँदैन:अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नेपालमा नयाँ बीमा कम्पनीलाई लाइसेन्स वितरण नहुने बताएका छन् ।

आज अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका  हुन् । 

उनले भनेका छन्, ‘नयाँ लघुबीमाको लाइसेन्स वितरण हुने छैन । अहिले ७ वटा लघुबीमा कम्पनी छन्, अब आठौँ लघुबीमा कम्पनी आउँदैन । ढुक्क हुनुहोला ।’

अध्यक्ष सिलवालले लघु बीमाले स्थापना हुँदाका बखत निर्धारण गरिएको उद्देश्य अनुरुप काम भए नभएको समीक्षा गर्न बाँकी रहेको भन्दै ठूला बीमा कम्पनीका लागि सरकारले तोकेको निश्चित प्रतिशत माइक्रो इन्स्योरेन्स गर्नुपर्ने व्यवस्था लागू भए नभएको सम्बन्धमा पनि पछि छलफल हुने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको