Like us!
Follow us!
Connect us!
Watch us!

नियम नमान्ने दुई वाणिज्य बैंकलाई पहिलो त्रैमासमै राष्ट्र बैंकले गर्यो कारबाही

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, १४ : १४ मा प्रकाशित

नियम नमान्ने दुई वाणिज्य बैंकलाई पहिलो त्रैमासमै राष्ट्र बैंकले गर्यो कारबाही

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन्। नियामकीय व्यवस्था पालना नगरेकोमा दुई वाणिज्य बैंक केन्द्रिय बैंकको कारबाहीमा परेका हुन्।  

केन्द्रिय बैंकले दुवै बैंकलाई अन्य कारबाही शीर्षकमा सचेत गराएको छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कारबाही गरिएको हो। बैंक खाता खोल्दा÷सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले नेपाल इन्भेस्टमेण्ट मेगा बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराइएको छ।

यसैगरी गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रभु बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो। लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिइएको निर्देशन पालना नगरेकाले प्रभु बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको