Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको आँगनमा ठडियो डेढ करोडको ‘बाच्छो’

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, ०८ : २१ मा प्रकाशित

नेप्सेको आँगनमा ठडियो डेढ करोडको ‘बाच्छो’

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आँगनमा ठडिएकोे ‘चार्जिङ बुल’को मूर्ति यतिबेला सामाजिक सञ्जालमा ट्रोल बनेको छ । मूर्ति ठडिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको संरचनालाई लिएर ट्रोल बनाइरहेका छन्।

१० फिट अग्लो, १२ फिट लम्बाइको र तामा–पित्तल मिश्रित धातुबाट झन्डै डेढ करोड रुपैयाँ खर्चिएर बनाइएकोे यो बुल ‘मरन्च्याँसे बाच्छो’ भन्दै ट्रोलको सिकार बनेको छ ।

सेयर बजारमा बुल अर्थात् साँढेले बढेको बजार र बियर अर्थात् भालुले घटेको बजारलाई चित्रित गरिन्छ । बुलिस ट्रेन्ड झल्काउन राखिएको प्रतिमाले बुलको भन्दा बाच्छोको जस्तो रूप देखाएपछि, साँढे हो कि गाईको बाच्छो ?’ भन्दै सामाजिक सञ्जालमा ट्रोल बनेको हो । 

नेप्सेकाका अनुसार भने बुलको मूर्ति अझै औपचारिक रूपमा अनावरण भएको छैन् ।

संसारमा विभिन्न स्टक एक्सचेन्जमा बढेको बजार संकेत गर्दै साँढेको मूर्ति बनाउने चलन छ । तर यस्तो साँढेको एउटा खास शैली वा ढाँचा हुन्छ। सोही चलनअनुरुप हाल नेपालको एक मात्र स्टक एक्सचेन्ज हो नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आँगामा पनि एउटा मूर्ति ठडिएको हो ।

२०७८ को अन्तिम महिना चैतमा नेप्से सञ्चालक समितिको बैठकले उक्त मूर्ति बनाउने निर्णय गरे पनि काम भने यसै वर्ष अघि बढेर हालै सम्पन्न भएको हो । जसको लागत १ करोड ४८ लाख रुपैयाँ रहेको छ । 


उक्त विषयमा आफ्नो फेसबुक पेजमा लेख्दै लगानीकर्ता केशब कोइरालाले हाकिमहरु मोटाएका कारण साँढे दुब्लाएको त होइन भन्दै प्रश्न गरेका छन् । 

उनले लेखेका छन्, 

यो साढे बनाउन ठ्याक्कै कति खर्च लाग्यो होला ? कतै नेप्सेका हाकिम साबहरु मोटाउनु परेको कारणले साढे दुब्लाएको त हैन?हेर्दै खसी जत्रो र जस्तो छ। Securities Board of Nepal हिसाबकिताब पारदर्शी गराउनु परो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको