Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

अर्थ संसार

सोमबार, २८ साउन २०८१, १८ : ४४ मा प्रकाशित

सानिमा बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

 सानिमा बैंक लिमिटेड र बुद्ध एयरबीच विशेष छुट सम्झौता भएको छ । बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौता अनुसार बैंकका ग्राहकले बुद्ध एयरको सेवा लिने क्रममा डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गर्दा ८ प्रतिशत छुट पाउने छन् ।

सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा यस्तो सुविधा पाउने सम्झौतामा उल्लेख छ । छुटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको