नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २७.४१ अकंले बढेर २६४५.३६ बिन्दुमा बन्द भएको छ ।
आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो ३३ करोड ७९ लाख रुपैयााको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स र दोल्ती पावरका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।
लगातार तीन दिन ओरालो लागेको सेयर बजारको यात्रामा आज ब्रेक लागेको हो। आजको सुधारले लगानीकर्ताको अब बजार बढ्छ कि भन्ने उत्साह थपेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस