Like us!
Follow us!
Connect us!
Watch us!

कुनैपनि अनुसन्धानमा सरकारले मानिसको मुख होइन, तथ्य र प्रमाण हेर्छ: गृहमन्त्री लेखक

अर्थ संसार

सोमबार, १२ कार्तिक २०८१, १५ : ३५ मा प्रकाशित

कुनैपनि अनुसन्धानमा सरकारले मानिसको मुख होइन, तथ्य र प्रमाण हेर्छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारले कुनैपनि आपराधिक कार्यको अनुसन्धान मानिसको मुख नभई तथ्य र प्रमाणका हेरेर गर्ने बताएका छन् । 

सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । 

उनले भने, ‘अपराधजन्य कार्यहरू भ्रष्टाचार होस् या ठगी गर्ने सबै मानिसमाथि अनुसन्धान हुन्छ । हुनुपर्छ ।  कसैलाई काखापाखा हुँदैन । सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन ‘कुनैपनि आपराधिक कार्यको अनुसन्धान, मानिसको मुख होइन तथ्य र प्रमाण हेरेर कारबाही गरिन्छ ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा सहकारी ठगी प्रकरणमा पक्राउ गरेर थुनेको भनेर प्रचारबाजी भइरहेको प्रति संकेत गर्दै गृहमन्त्री लेखकले यस्तो प्रस्टीकरण दिएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको