Like us!
Follow us!
Connect us!
Watch us!

आज सुनको असर्फी बिक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, १० : ५४ मा प्रकाशित

आज सुनको असर्फी बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज धनतेरसका दिन सुनको असर्फी बिक्री गर्ने भएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज २.५ ग्रामका सुनको असर्फी प्रतिव्यक्ति एक थानका दरले फर्स्ट कम फर्स्ट सर्भडका आधारमा बिक्री खुला गर्ने जनाएको छ।

ग्राहकले बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म महाशाखाबाट सुनका असर्फी खरिद गर्न सक्नेछन्।

महाशाखाले गत कात्तिक ११ गतेदेखि चाँदीका स्मारिका तथा मेडालियन बिक्री खुला गरेको थियो। भोलि कात्तिक १४ गतेसम्म चाँदीका स्मारिका तथा मेडालियन महाशाखाबाट किन्न पाइन्छ। सुनका असर्फी र चाँदीको सिक्का खरिद गर्न ग्राहकले अनिवार्य रुपमा नक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ। सुन तथा चाँदीको सिक्का, मेडालियन तथा असर्फी किन्न क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

सुनको असर्फीको मूल्य भने सोही दिनको बजार मूल्यका आधारमा निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको