Like us!
Follow us!
Connect us!
Watch us!

तीन महिनामा २८ हजार बिमा पोलिसी सरेन्डर,कुन कम्पनीको कति ?

अर्थ संसार

बुधबार, १४ कार्तिक २०८१, १६ : १० मा प्रकाशित

तीन महिनामा २८ हजार बिमा पोलिसी सरेन्डर,कुन कम्पनीको कति ?

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा करिब ४ अर्बको बीमा पोलिसी सरेन्डर भएको छ ।

चालु आर्थिक वर्षको असोज महिनासम्ममा ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँको २८ हजार ५७ वटा जीवन बीमा पोलिसि सरेन्डर भएको नेपाल बीमा प्राधिकरणको तथ्याङकले जनाएको छ।

कुन कम्पनीको कति ?

प्राधिकरणका अनुसार एलआईसी नेपालमा सबैभन्दा धेरै रकमको पोलिसि सरेण्डर भएको छ । उक्त कम्पनीमा एक अर्ब २२ करोड ९६ लाख रुपियाँ बराबरको सात हजार ७३१ वटा पोलिसि सरेन्डर भएको तथ्यांकमा उल्लेख छ । 

दोस्रो नम्बरमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । यो सबैभन्दा ठूलो जीवन बीमा कम्पनी पनि हो । उक्त कम्पनीमा एक अर्ब आठ करोड ५४ लाख रुपियाँ बराबरको छ हजार ५४६ वटा पोलिसि सरेण्डर भएको छ । तेस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । उक्त कम्पनीमा २७ करोड ४३ लाख रुपियाँ बराबरको दुई हजार ७४२ वटा पोलिसि सरेण्डर भएको छ । यस्तै, एशियन लाइफमा २४ करोड ८४ लाख रुपियाँ बराबरको दुई हजार २७२ वटा, नेशनल लाइफमा २३ करोड ६२ लाख रुपियाँ बराबरको एक हजार ५५४ वटा, सूर्यज्योति लाइफमा १९ करोड ३३ लाख रुपियाँ बराबरको एक हजार ५७४ वटा र हिमालयन लाइफमा १८ करोड २३ लाख रुपियाँ बराबरको दुई हजार १४ वटा पोलिसि सरेण्डर भएको छ । 

मेट लाइफमा १० करोड ६३ लाख रुपियाँको ९९५ वटा, सानिमा लाइफमा सात करोड ७८ लाख रुपियाँको ५३७ वटा, आईएमई लाइफमा पाँच करोड ११ लाख रुपियाँको ४७० वटा, प्रभु महालक्ष्मी लाइफमा चार करोड ६९ लाख रुपियाँको ३५४ वटा, सिटिजन लाइफमा चार करोड ४९ लाख रुपियाँको ५८८ वटा, रिलायवल नेपाल लाइफमा दुई करोड ९८ लाख रुपियाँको ४८७ वटा र सन नेपाल लाइफमा एक करोड १७ लाख रुपियाँको १९३ वटा पोलिसि सरेण्डर भएको देखिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको