Like us!
Follow us!
Connect us!
Watch us!

पैसा फालाफाल भएपछि बजारबाट एकैपटक १ खर्ब झिक्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, १२ : २७ मा प्रकाशित

पैसा फालाफाल भएपछि बजारबाट एकैपटक १ खर्ब झिक्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज (बुधबार) बजारबाट १ सय अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता व्यवस्थापनका लागि २१ दिन अवधिको १ सय अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत्  तान्ने भएको हो । यसका लागि बैंकले आज २ बजे बोलकबोल गर्नेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज  दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

साँवा र ब्याज भुक्तानी मिति मंसिर १२ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको