नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८८ अकंले घटेर २६७५.५१ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै,पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख रुपैयाँ,समृद्धि फाइनान्सको २३ करोड ७५ लाख रुपैयाँ,सानिमा जीआईसी इन्स्योरेन्सको १९ करोड ७३ लाख रुपैयाँ,एसआईबीको ऋणपत्रको १५ करोड ७५ लाख रुपैयाँको सेयर कारेबार भएको थियो ।
यसैगरी,युनाइटेड मोदी हाइड्रोपावरको ११ करोड ८१ लाख रुपैयाँ,साहस ऊर्जाको ११ करोड ५९ लाख रुपैयाँ,सिनर्जी पावरको ९ करोड ९७ लाख रुपैयाँ,गुडविल फाइनान्सको ८ करोड ८ लाख रुपैयाँ ररिलायन्स फाइनान्सको ७ करोड ९४ लाख रुपैयाँको सेयर कारेबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस