Like us!
Follow us!
Connect us!
Watch us!

'फेस्टिभ मुड' सकिएसँगै नेप्सेको बाउन्स ब्याक

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, १६ : ३९ मा प्रकाशित

'फेस्टिभ मुड' सकिएसँगै नेप्सेको बाउन्स ब्याक

फेस्टिभ मुड सकिएसँगै सेयर बजारको रौनक फिर्ता आएको छ । 

महत्वपूर्ण चाडपर्व दशैं तिहार सुरु हुनुभन्दा अगाडिदेखि घट्न थालेको बजारको रौनक चाडपर्व सकिएसँगै पुनः बढ्न थालेको हो । आज बजार ६२.५४ अकंले २७३८.०६ सय बिन्दुमा बन्द भएको छ ।  यसअघि बजार लामो समयसम्म २६ सयकै वरीपरी घुमेको थियो ।

बजारमा आएको रौनकसँगै लगानीकर्ताको मनोबल समेत उच्च बनेको छ । आज कारोबार रकम उच्च बन्न पुगेको छ । आज ९ अर्ब ७७ करोड बढीको कारोबार भएको छ । यसअघि भदौ ३० गते दिन १० अर्ब ३३ करोडको कारोबार भएको थियो । 
भदौ ३० गते यता भने कारोबार रकम ५ अर्ब वा सोभन्दा मुनि नै थियो ।

बजारलाई आवश्यक सबै सूचक सकारात्मक रहेको हुँदा अब गति लिने विश्वास आम लगानीकर्ताहरुको रहेको छ ।
आजको बजार हेर्दा बजारले करेक्सनको चरण पूरा गरेर पुन वृद्धिको बाटो समाउन सक्ने संकेत गरेको छ । तर पनि एक दिनकै बजार कारोबारलाई हेरेर यकिनका साथ भन्न भने सकिदैन । 

वित्तीय प्रणालीमा रहेको अधिक तरलता,घट्दो ब्याजदर,नीतिहरु समेत सुधार हुँदै गएको, नियामक सकारात्मक रहेकोबेला भने बजारले उकालेको यात्रा नै गर्नुपर्ने देखिन्छ । अझ मौद्रिक नीतिको पहिलो समिक्षामा सेयर बजार समेटिएमा बजारले नयाँ उचाई कायम राख्ने अनुमान समेत गरीएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको