Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली: ११ अर्ब ३१ करोडको कारोबार हुँदा नेप्से २७६० अंकमा

अर्थ संसार

सोमबार, २६ कार्तिक २०८१, १५ : १२ मा प्रकाशित

सेयर बजारमा हरियाली:  ११ अर्ब ३१ करोडको कारोबार हुँदा  नेप्से २७६० अंकमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अकंले बढेर २७६०.२१ बिन्दुमा कायम भएको छ । आज ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३१ करोडको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै साहस उर्जाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड १७ लाख रुपैयाँको सेयर  कारोबार भएको छ ।

सबैभन्दा धेरै कमाउनेमा भने सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषि लघुवित्त, सिर्जनसिल लघुवित्तका लगानीकर्ता रहेका छन् । आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको